काठमाडौँ । नायिका रञ्जना शर्माले सम्बन्ध विच्छेदको लामो समयपछि विवाह गरेकी छन् । निकेश सिलवालसँग नयाँ जीवन सुरु गरेकी हुन् ।
रञ्जना र निकाेशले इसाई धर्मअनुसार औँठी साटेर विवाह गरेका हुन् । केही चलचित्रकर्मी र निकटका व्यक्तिको उपस्थितिमा विवाह सम्पन्न भएको थियो ।
काठमाडौँका निकेशले होटेल म्यानेजमेन्ट अध्ययन गरेका हुन् भने ह्याप्पिनेस एड्भोकेटको रूपमा अमेरिकामा रहेर काम गरिरहेका छन् ।
केही समययता रञ्जनाले आफू प्रेममा रहेको संकेत सामाजिक सञ्जालमार्फत् दिँदै आएकी थिइन् ।
निर्देशक श्याम भट्टराईसँग सम्बन्ध विच्छेद भएपछि उनी अमेरिकामा बस्दै आएकी थिइन् ।
[sidebar name="button post"]











