२६ चैत्र, काठमाण्डौ। नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि शुक्रबार तीन दलको बैठक बोलाएको छ । भोली दिउँसो ३ः०० बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी ‘जसपा’ र नेकपा माओवादी केन्द्रसँग बैठक बस्न लागेको हो ।
यो बैठकसँगै नयाँ सरकार गठन प्रक्रियाका लागि वातावरण बन्ने कांग्रेसको विश्वास गरेको छ। स्रोतका अनुसार शुक्रबारको बैठकमा जसपाका दुबै खेमाका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले विशेष निम्तो दिएका छन्। बैठकमा जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईसँगै महन्थ ठाकुर र राजेन्द्र महतो पनि सहभागी हुने स्रोतको भनाइ छ।
ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला गरेको ३९ दिनपछि चैत २० गते मात्रै कांग्रेसले ओलीलाई सत्ताबाट हटाउने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।
शुक्रबार देउवाले बोलाएको बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु सहभागी हुनेछन्।











