हतियारधारी समूहद्वारा जेलमा आक्रमण, १८ सय भन्दा बढी कैदी बन्दी फरार

२४ चैत्र, एजेन्सी। नाइजेरियाको जेलबाट १८ सय भन्दा धेरै कैदी बन्दी फरार भएका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् ।

बीबीसीका अनुसार सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको जनाइएकाे छ । ३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका बीबीसीले जनाएको छ ।

प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

[sidebar name="button post"]