प्रदेश नं २ को प्रदेशसभा अधिवेशन आह्वान

१५ चैत्र, जनकपुर। प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौं अधिवेशनको आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]