१५ चैत्र, काठमाण्डौ। सोमबारदेखि यु १६ नेक्सस कप क्रिकेट प्रतियोगिता शुरु हुँदै छ। चैत्र १६ गतेदेखि ३१ गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा हुन गइरहेको नेक्सस कप सिजन ४ टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।सो प्रतियोगितालाई कागेश्वरी मनोहरा नगरपालिकाले साथ दिने भएको छ । उक्त नगरपालिका जोडिएसँगै प्रतियोगिताको नाम कागेश्वरी मनोहरा नगरपालिका नेक्सस कप सिजन चार हुने छ ।
३१ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ३१ वटा क्लबले यो प्रतियोगितामा सहभागीता जनाउने छन् । मूलपानी मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको विजेता नेक्सस क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुने छ ।
सो प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ७५ हजार हात पार्ने छ । यसैगरी प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ ल्पेयर को अवाड समेत प्रदान गरिने पनि जनाइएको छ ।
अन्डर सिक्सटिन उमेर समुहको प्रतियोगिता भएकाले प्रतियोगितामा २०६१/११/३० गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने छ ।













