कस्तो छ तपाईंको यो साता ? हेर्नुस् चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्मको साप्ताहिक राशिफल

चैत १५ गते आइतबारदेखि चैत्र २१ गते शनिबारसम्मको तपाईंकाे साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):-

साताको समय मध्यम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा धोका हुनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुने योग रहेको छ । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । भौतिकता रमाउन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । तरपनि साताको अन्त्यमा छोटो तथा लामो दुरीको यात्राको तय हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-

समय उत्तम रहेकोले पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारी आफु अगाडि बढ्ने समय रहेको छ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :-

आइतबार र सोमबारको समय मध्यम रहेकोले आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । मंगलबारबाट समय उत्तम रहेकोले आकस्मिक धन,सम्पति लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तीको योग रहेकोछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईंको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईंकै पोल्टोमा पर्नेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछ भने सत्रुलाई परास्त गर्दै काम गर्न सकिनेछ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-

वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यवसायमा सन्तोषजनक प्रगती हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुष हुनेछ । तरपनि बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । बैक तथा बित्तिय क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पति तथा विलाशी सम्पती उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-

आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । मायाप्रेममा विश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरुले थोरै समय दिंदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथिभाईहरुले काममा बाधा तथा अबरोध गर्नेछन् । पढाईलेखाई सुस्त गतिमा अगाडी बढ्नेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ):-

राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाब बढ्ने छ । समयको र परिस्थितिको राम्रोसँग ध्यान दिनुहोला समय मध्यम रहेको छ । तरपनि व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यवसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पति फिर्ता हुने योग रहेकोछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । गितसंगित तथा मोडलिङ पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ):-

साताको सुरु अर्थात आइतबार र सोमबारको समय मध्यम रहेकोले परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य समन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । मंगलबारबाट नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । भौतिक सम्पतिको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलङकार उपहार पाईनेछ । विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागि समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागि छोटो दुरीको यात्रा गर्न सकिनेछ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ):-

साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाईड्रोपावर,पानी तथा औषधीसँग सम्बन्धित व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले खानपानमा ध्यान नदिंदा स्वास्थ्य समबन्धि समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । मन परेको मानिसबाट ताढिनु पर्दा मन खिन्न हुनेछ । न्यायसंगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):-

साताको सुरु र अन्तको समय मध्यम रहेकोले मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । सोमबार र मंगलबारको समय राम्रो रहेकोले कामको सवालमा बिशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त तथा घरपरिवार तथा साथिभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय फलदायी रहेकोछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):-

उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउंदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । समय उत्तम रहेकोले प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा बृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । मायाप्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुशि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):-

साताको सुरु अर्थात आइतबार र सोमबारको समय मध्यम रहेकोले सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हाँसिल हुनेछ । व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ । मंगलबारबाट समय राम्रो रहेकोले धर्म तथा अध्यात्मसँग सम्वन्धीत बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ । भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चाँसो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-

साताको सुरु र अन्तको समय उत्तम रहेकोले प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगती गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँ नयाँ कामको प्रश्ताब आउने तथा आम्दानीमा बृद्धि हुनेछ । धार्मिक तथा अध्यात्मिक काममा समय व्यतित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईंको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले व्यवसायमा लगानी गरेपनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक संकटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदा नचाहँदै तपाईंको बोलिले अरुको मन दुख्नेछ । सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरु घट्न सक्छ । मनमा एक किसिमको निरासापनको विकास हुने योग रहेकोछ ।

तपाईंको सात दिन शुभ रहोस्।

[sidebar name="button post"]