१३ चैत्र, काठमाण्डौ। नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री केपी ओली समूहले सोधेको स्पष्टीकरण लगायतका विषयमा छलफल गर्न नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो ।
कलंकीको एक पार्टी प्यालेसमा बस्न लागेको बैठक आज बिहान ११ बजे बोलाइएको छ । सर्वोच्चको फैसलाका कारण एमाले र माओवादी ब्युतिएपछि माधव नेपाल गुट संकटमा छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले माधव नेपालसहित चार जना मुख्य नेतालाई स्पष्टीकरण सोधेपछि नेपालले पार्टी अध्यक्ष ओलीलाई उल्टै प्रश्न गर्दै स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई १३ प्रतिप्रश्न गर्दै पत्र लेखेका हुन् । जसबारेमा आज बोलाइएको केन्द्रीय कमिटी बैठकमा गम्भीर छलफल हुनेछ ।
[sidebar name="button post"]











