ललितपुरमा कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ, घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही

११ चैत्र, ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ ।बुधबार बसेको डीसीसीएमसी ललितपुरको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय भएको हो ।

बैठकले घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर राखी फागुपूर्णिमा ‘होली’को अवसरमा भिडभाड नगर्न समेत प्रशासनले भनेको छ । कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ का कार्यलाई आवश्यकता अनुसार अघि बढाउने, अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा रहन लगाउने निर्णय भएको छ ।

[sidebar name="button post"]