नेपालबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्ने ८४ जना पक्राउ

११ चैत्र, काठमाण्डौ । पछिल्लो ६ महिनामा नेपालबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्ने ८४ जनालाई पक्राउ गरेको भारतको गृह मन्‍त्रालयले त्यहाँको राज्यसभालाई जानकारी दिएको छ । बिहारमा सीमानाकाबाट नेपालको तेल तस्करी गरेर ठुलो परिमाणमा बिक्री गरेको पाइएको उल्लेख छ ।

भारतीय सञ्‍चारमाध्यमअनुसार मन्त्री नित्यानन्द राईले राजस्यसभामा लिखित जानकारी दिँदै दुई मुलुकबीचको पेट्रोलियमको मूल्यमा फराकिलो अन्तरका कारण तस्करी बढेको उल्‍लेख गरे । भारतीय सुरक्षाकर्मीले ८४ जनाबाट २४५ लिटर पेट्रोल र ९८३४ लिटर डिजेल बरामद गरेको भनिएको छ ।

पछिल्लो समय कच्‍चा तेलको भाउ बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएकाले तस्करी बढेकाले समेत भाउ बढाउनुपरेको तर्क नेपाल आयल निगमले गर्दै आएको छ ।

[sidebar name="button post"]