बच्चाको कानमा संक्रमण कम गर्न अपनाउनुस् यस्ता उपायहरु

धेरै जसो अविभावकहरुले बच्चाको कानको संक्रमण वा पिडा सामान्य नै ठान्ने गर्दछ । अक्सर तपाईहरुले देख्रुभएको हुन सक्छ, केटाकेटीहरु धेरै रोइरहेका हुन्छन् वा उनीहरुको कान समातेर तानिरहने हुन्छन् ।

तर कतिपयले बच्चाको समस्या के हो भन्रे थाहा हुँदैन । यस प्रकारको पिडा प्राय २७,२८ महिनासम्मको उमेरका बच्चाहरुमा देखिन्छ । यो कुनै उमेर समूहका मान्छेहरुमा हुन सक्छ । केटीहरुको तुलनामा केटाहरुमा संक्रमण बडि हुने सम्भावना हुन्छ । तर यसका कारण भने पता लगेको छैन ।

बच्चाको कान सही उपचार गर्ने

यदि तपाईको बच्चा कानमा हुने दुखाइको कारण रोइरहेको छ वा कानलाई बारम्बार कन्याइरहेको देखियो भने कानमा संक्रमण भएको हुन सक्छ । यसको लागि इलेक्ट्रिक हिटिङ प्याड पनि प्रयोग गर्न सकिन्छ । यसले बच्चाको कानमा दुखाइ कम गराइछ ।

कानभित्रका फोहोर कसरी निकाल्ने

यदि तपाईको बच्चाको कानबाट कुनै तरल पदार्थ बाहिर आएको छ भने वा बच्चालाई कानमा दुखाइ भइरहेको छ भने कानमा मनतातो जैतुनको तेल वा तिलको तेल लगाउन सकिन्छ । यसरी कानभित्रको फोहोर सजीलै हटाउँन सकिन्छ ।

बच्चालाई पर्याप्त मात्रमा तरल पदार्थ आवश्यक

बच्चाको कानमा सक्रमणको कारणले तरल पदार्थको कम हुन्छ । बच्चा धेरै रुन्छ र त्यही कारणले शरीरको उर्जा र पानीको अधिक प्रयोग हुन्छ । यस्तो अवस्थामा बच्चालाई पर्याप्त मात्रामा तरल पदार्थ खुवाउनुपर्छ ।

आयुर्वेदिक उपचार गर्न

तपाईको बच्चाहरुको कानमा हुने समस्या समाधान गर्न आयुर्वेदिक उपचार गर्न पनि सकिन्छ । जैतुनको तेल, तुलसीको रस, सस्र्युको तेल आदि बच्चाको कानमा हुने सक्रमणको उपचार गर्न सहयोग गर्छ ।

प्रदूषणबाट टाढा राख्ने

बच्चालाइ प्रदूषणबा टाढा राख्नु पर्छ । बाहिरी प्रदुषणको कारणले पनि बच्चाहरुको कानमा समस्या ल्याउछ ।

[sidebar name="button post"]