७ चैत्र, काठमाण्डौ। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्। गौतम पुस ५ ओलीले बोलाएका कुनै पनि बैठकमा सहभागि नभएका गौतम आज उपस्थित भएका हुन् ।
पार्टी अध्यक्ष ओलीले फागुन २८ गते एकतर्फी बैठक गरी गरेको निर्णय विरोध गर्दै आएका गौतम पार्टी केन्द्रिय कमिटी बैठकमा सहभागी हुने विषयमा भने आंशका गरिएको छ । उनले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने बताउंदै आएका छन् ।
ओलीले वालुवाटारमा दुई बैठक बोलाएका छन् । बैठकमा माधव कुमार नेपाल पक्षीय सांसद्हरु सहभागी छैनन्।












