Ad #144479

७ चैत्र, काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका संसदीय दल र केन्द्रीय कमिटीका दुबै बैठक पार्टीको नभएर गुट भेला मात्र भएको आरोप लगाएका छन्। नेता खनालको सचिवलायले एक विज्ञाप्ति मार्फत ओलीले वोलाएको बैठक गुटको बैठक भएको र खनाल सहभागी नहुने कुरा जानकारी गराएको हो ।

एमाले पुनःस्थापित हुनु भनेको २०७५ जेठ ३ अघिको कमिटी क्रियाशील हुनु रहेको उल्लेख गर्दै नेता खनालले अध्यक्ष ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर गरेका निर्णय पार्टी विधानविपरीत भएको कुरा पनि विज्ञप्तिमार्फत दोहोर्‍याएका छन्।

‘यो निर्णय बदर नहुँदै फेरि संसदीय दलको बैठक राखेर बोर्ड गठन गरेको भन्ने सुन्नमा आएको छ। नेकपा (एमाले) को दलको विधान नभएको अवस्थामा बोर्ड गठन भन्ने कुरा अवैधानिक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि शुक्रबार साँझ खनाल-नेपाल समूहको संयुक्त बैठकले पनि आज हुने सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो।