५ चैत्र, काठमाण्डौ। नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन भएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले वहिष्कार गरेपनि बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् ।
साथै, संसदीय दलको विधान संशोधन गर्ने निर्णय पनि आजैको बैठकले गरेको छ । यसका लागि कार्यदल गठन भएको छ । कार्यदलमा संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई, सांसदहरु शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । तर, खनाल र नेपाल समूहका सांसदहरु नआएपनि ओलीले दुई महत्वपूर्ण लिने लिएका छन् ।












