Ad #144479

५ चैत्र, काठमाण्डौ। नेकपा एमाले संसदीय दलको बैठक भर्खरै सकिएको छ । बैठकले संसदीय दलको बैठकमा नआउने सांसदहरुलाई विधान अनुसार स्पष्टिकरण सोधिने र कारबाहीको प्रक्रिया अगाडि बडाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न, पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न र आत्मा आलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरुलाई आव्हान गर्ने निर्णय पनि गरेको छ ।

गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।