५ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् ।
सानेपास्थित हेरिजेट गार्डेनमा बिहीबार बिहान भएको छलफलपछि सो समूहका स्थायी कमिटीका सदस्यबाहेकका अन्य सांसदहरु ओलीले बोलाएको बैठकमा सहभागी हुने सहमति भएको सांसद गणेश पहाडीले जानकारी दिए ।












