५ चैत, काठमाण्डौ । स्पष्ट रूपमा सत्ताको बागडोर सम्हालिरहेकाे एमालेको नेतृत्व दुई धारमा विभाजित भैसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको समूहले आज विहान संसदीय दलको बैठक बोलाएको छ भने माधवकुमार नेपाल समूहले ललितपुरस्थित सानेपामा कार्यकर्ता भेला गरिरहेको छ ।
ओलीले सो भेला रोक्न हरसंभव प्रयास गरेपनि अन्ततः नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला भएरै छोड्यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै गुटभेलामा जानेमाथि विधानअनुसार कारबाही गर्ने अभिव्यक्ति दिएको भोलिपल्ट नेपाल–खनाल समूहको भेला सुरु मात्रै भएन, एमालेलाई पुर्नजीवित बनाएर लैजाने भन्दै कार्यपत्र नै प्रस्तुत भयो ।












