बर्दियाको नमूना बन्दै जंगल सफारी सेन्ट्रल प्लाजा (फोटोफिचर)

शसिन्द्र गौतम

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी बर्दियामा करोडौ लगानीमा नयाँ होटल खुलेको छ । बर्दियाको ठाकुरद्धारा निकुञ्ज जाने बाटोमा आमबासा नजिकै जंगल सफारी सेन्ट्रल प्लाजा होटल खुलेको हो ।

जहाँबाट बर्दिया राष्ट्रिय निकुञ्ज नै अवलोकन गर्न सकिन्छ । नजिकै हरिण, कृष्णसार जस्ता वन्यजन्तु देखिन्छन् । कहिलेकाँही होटलको छतबाट बाघ समेत हेर्न सकिने होटलका कर्मचारी बताउँछन् ।

ठूलो पार्किङ क्षेत्र, व्यवस्थित बार, परम्परागत घरेलु सामग्री, स्विमिङ पुलसहितको होटल खुलेर सञ्चालनमा आएको हो । यद्यपी यो होटलको औपचारिक उद्घाटन हुन बाँकी छ ।

खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई जंगल सफारी गराउने मुख्य उद्धेश्य राखेर सुरु गरिएको होटल बर्दियाकै नमूना होटलका रुपमा परिचित हुने देखिन्छ ।

[sidebar name="button post"]