Ad #144479

१ चैत्र, कोलोम्बो। श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध गर्ने भएको छ । शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ ।

श्रीलंकारको यो निर्णय अब छिटै नै कार्यान्वयनमा आउने बताएको छ । सरकारले यो निर्णय सार्वजनिक स्थलमा मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको बताएको छ । यो नियम पारित गर्न अब संसद्ले यसलाई स्वीकृति दिनु जरुरी हुन्छ ।

श्रीलंकाले बुर्का धार्मिक अतिवादको प्रतीक भएकाले यसमा प्रतिबन्धको तयारी गरिएको श्रीलंकाको सार्वजनिक सुरक्षा मन्त्री सराथ वीरासेकेराले बताएका छन् ।

त्यस्तै सरकारले कसैलाई आफ्नो तरिकाले विद्यालय खोलेर पढाउने छुट नभएको र सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमअनुसार नै विद्यालयमा पठनपाठन हुनुपर्ने बताएको छ ।