Ad #144479

२९ फागुन, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन्।

शनिबार काठमाण्डौमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफूलाई हटाए पनि २० महिनापछि फेरि दुई तिहाई बहुमतसहित सिंहदरबार छिर्ने दावी गरे।

आफू बाहेक जनताका लागि काम गर्ने देशमा कोही नभएको ओलीको दावी छ। उनले भने ,’देशमा जनतालाई हेर्ने हामी बाहेक को छ।’

उनले भने, ‘कसैले हटाउन सक्छ भने हटाओस्। हामी त्यसको सामना गर्छौँ। २० महिनापछि यो पार्टी २० तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट छिर्छ।’

आफूलाई प्रतिपक्षमा बस्न कुनै समस्या नहुने पनि उनले बताए।