२९ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको छ।
शनिबार ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर ९१५ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।












