सस्तो अनि सजिलै भोक मेट्ने खानेकुरा हो चाउचाउ जुन सबैभन्दा बढी चर्चित छ। चाउचाउलाई काँचै वा सुप बनाएर पनि खान सकिन्छ। चाउचाउ स्वास्थ्यको लागि फाइदाजनक छैन भन्ने सबैलाई थाहा हुँदा हुँदै पनि सबैजनाले चाउचाउ नै खाँदै आइरहेका छन्।
यस्ता छन् नियमित रुपमा चाउचाउ खानाले हुने बेफाइदाहरु :
– मासाच्युसेट्स जनरल हस्पिटलका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डाक्टर ब्राडेन कुओको खोज अनुसार घरमै बनाइएको चाउचाउ शरिरले १-२ घण्टामा नै पचाउँछ जबकी बजारको चाउचाउ घण्टौँसम्म पेटमै रहन्छ शरीरले यसलाई सहजै पचाउन सक्दैन। चाउचाउलाई सुरक्षित राख्न यसमा राखिने प्रिजरभेटिभ केमिकलको कारण चाउचाउ पचाउन गाह्रो हुन्छ ।
– अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको अनुसार नियमित चाउचाउ खाँदा ट्युमर वा क्यान्सरको सम्भावना बढ्छ।
साथै चाउचाउमा अन्य सेन्थटिक केमिकल जस्तै कर्न सिरप, पाल्म र मोनोसिडियम ग्लुटामेट हुन्छ।
चाउचाउ खानु हानीकारक रसायन सेवन गरे सरह हुने भएकाले बरु चाउचाउलाई घरमै आफैले बनाएर खान सकिन्छ तर प्याकेटमा आएको चाउचाउबाट परै रहनु नै स्वास्थ्यको लागि राम्रो हुने मानिन्छ।











