सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट

२५ फागुन, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजावी सुनको कारोबार ८५ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।

[sidebar name="button post"]