Ad #144479

महिनावारी एउटा महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । महिलाहरुमा हरेक महिना – महिनामा महिनावारी चक्र आउने गर्छ । महिनाको २८ देखि ३८ दिनको बीचमा महिनावारी चक्र शुरु हुन्छ । यस्तो अवस्थामा प्राय: जसो महिलाहरु कहिलेकाँही कुनै विशेष कामले या कुनै कार्यक्रममा जानु पर्ने क्रममा औषधि सेवन गरेर महिनावारीलाई पछाडि सार्ने काम गरिन्छ । यस्ता औषधिले महिनावारीलाई पछाडि सार्ने काम त गर्छन् तर यसले स्वास्थ्यमा पनि गम्भीर असर पार्ने गर्छ ।

यस्ता औषधिहरु कसले प्रयोग नगर्न ?
३० वर्षभन्दा बढी मधुमेह वा मोटोपनको शिकार भएका महिलाहरुले यो औषधिको सेवन गर्नुहुँदैन । रगत जम्ने समस्या छ भने पनि यस्ता औषधिको प्रयोग गर्नुहुँदैन किनकि यसले स्वास्थ्यमा समस्या बढाउँछ ।

औषधि सेवनका समस्याहरुः

– महिनावारी रोक्ने औषधिले महिनावारी चक्र र सम्पूर्ण प्रजनन् स्वास्थ्यमा असर पुर्याउँनुका साथै महिनावारी चक्रमा पनि गडबडी ल्याउँछ।
– गर्भाधानमा असर पुग्नुका साथै यसले धेरै जसो महिलाहरुलाई अत्याधिक रगत बग्ने समस्या पनि उत्पन्न गराउँदछ ।
– बारम्बार यस्ता औषधिको सेवनले नसामा रगत जम्ने, पल्मोनरी एन्बोलिज्म जस्ता रोगको खतरा बढाउँछ । साथै पेट दुख्ने, ऐठन हुने र बान्ता हुने जस्ता समस्याहरु पनि निमत्याउँछ ।
– मिगौलामा मेटाबोलाइज्ड गर्ने प्रक्रिया रोक्न सक्ने भएकाले स्वास्थ्यसँग जोडिएको विभिन्न समस्याहरु उत्पन्न हुन्छ ।
– यसले हर्माेन उत्पादनमा पनि गडबढी गर्छ ।
– महिनावारी नियमित नहुने भएकाले पेटमा बोसो जम्मा हुन थाल्छ। जसले गोप्य अङ्गमा इन्फेक्शन हुने, इरिटेशन हुने, पिसाबमा जलन हुने, थकान, कमजोरी र पेट खराब हुने जस्ता समस्या हुन्छ ।