ओली समूहको संसदीय दलको बैठक सकियो

२२ फागुन, काठमाण्डौ। नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभा बैठकको रणनीति तय गरेको बताइएको छ ।

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो । तर उनीहरू सहभागी भएका छैनन् ।

यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ ‘बहुमत’ सांसद उपस्थित भएका थिए । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

गत ५ पुषमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको छ ।

[sidebar name="button post"]