डेटीङ भनेको तपाईको लागि उत्तम पार्टनर खोज्ने माध्यम हो । तर त्यहाँ धेरै व्यक्तिहरु छन्, जो डेटीङमा जान डराउँछन् । जसको कारण मानव प्राकृति अनुसार दिमागमा डर उत्पन्न हुन्छन् । यी सब गलत धारणका हुन् । यहाँ हामी डेटीङको सबैभन्दा सामान्य भयको बारेमा कुरा गर्दैछौ । यसका लागि कसरी तपाइँ त्यस डरलाई हटाउन सक्नुहुन्छ, हामी यस बिषयमा छलफल गर्नेछौ । यहाँ अधिक अवसरहरु छन्, जसबाट सहि पार्टनर छनोट गर्न सहज हुन्छ ।
पहिलो डर, भेटको क्रममा के कुरा गर्ने?
कुनै पनि अपरिचित व्यक्तिसंग बाहिर जान असहज महसुुुस हुनु आफैँमा स्वाभाविक कुरा हो । कुनै व्यक्ति जसको बारेमा हामी केही पनि जान्दैनौं । यसका कारण धेरै मानिसहरु डेटीङ जान चाहँदैनन् । तर सोच्नुहोस् त जुन प्रश्र तपाईको दिमागमा चल्दै छ, यो अर्काको दिमागमा पनि पक्कै चल्न सक्छ । त्यो अवस्थामा तपाई चिन्तित हुनुहुन्छ भने तपाइँको साथी पनि त उती नै डराएको हुन सक्छ नि होइन र, त्यसैले चिन्ता छोड्नुहोस् र डेटीङको लागि हुन्छ भन्रुहोस् ।
दोस्रो डर, अस्वीकृत हुने डर।
यो डर हरेक मानिसमा हुने प्रकृति हो । हामी सबैले चाहान्छौं कि जुनसुकै कुरामा पनि अस्वीकार नहोस् र सबै मानिसहरुले हामीलाई मन पराओस् । यसरी नै डेटीङको क्रममा पनि प्रत्येक केटा वा केटीले आफू अघिनै मान्छेलाई मन पराइरहेको हुन्छ । कसैलाई भेट्नुभन्दा पहिले हामी सोच्र थाल्छौं कि यदि उसले हामीलाई मन पराएन भने के हुन्छ ? तर यस प्रश्रको उत्तर व्यवहारिक हिसाबले सोच्रुहोस् । तपाई जस्तो सुकै भएपनि तपाईलाई जुनसुकै बेलामा पनि अस्वीकार गर्ने सम्भावना हुन सक्छ । यस्तो अवस्थामा तपाई अस्वीकारलाई स्विकार्न सिक्नुहोस्।
तेस्रो डर, सबै कुरा राम्रो हुन्छ कि भन्ने।
हामि मानवको जीवनमा राम्रो, नराम्रो गुण हुन्छ । सबै भन्दा राम्रो र खराब गुण भनेको नै हाम्रो कल्पना शक्ति हो । अहिले तपाई अस्वीकृत हुने सोचेर डराउनु भएको हुन सक्छ । तर यो अवस्थामा पनि के होला भन्ने सोच्छन्, जब सबै कुराहरु ठीकठीक भयो भने र पहिलो भेटमा एक अर्कालाई चिन्र सकौला भन्ने चिन्ता पनि हामीमा हुन्छ । बिस्तारै कुरा हुँदै गएपछि तपाईको डेटिङहरुमा सबै कुरा ठीक हुन्छ । त्यसैले पहिलो डेटिङमा नै सबै मान्छे भावुक हुनु हुँदैन ।
चौथो डर, प्रतिबद्धको डर :
यो डर कुनै सम्बन्धमा हुन्छ । यस किसिमको डर सामान्यतया पुरुषहरुमा भन्दा महिलामा बढि देखिन्छन् । महिलाहरुले लाग्छ कि डेटिङको अर्काे चरणमा प्रतिबद्ध सम्बन्धको सुधार हुनुपर्छ । यदी त्यस्तो भएन भने दोस्रो डेटिङबाट टाढा भाग्रे गर्छन् । हेनुहोस्, कसैसंग डेट गर्नुको मतलब यो होइन कि तपाइँ भोली उसैसँग बिहे गर्दै हुनुहुन्छ । प्रतिबद्ध सम्बन्धको थालनी गर्नु भन्दा पहिले हामीले आफ्नो अपेक्षाहरु र भविष्यका योजनाहरुको बारेमा कुरा राख्नुपर्ने हुन्छ । तपाईले आफैंलाई पनि र आफ्नो साथीलाई पनि समय दिनुपर्छ । यी सब कुराहरु ठीक भयो भने प्रतिबद्धदेखी डराउनु पनि पदैन् ।
पाँचौं डर, सही व्यक्ति नपाएकोमा।
डेटिङमा हरेक व्यक्तिहरु सही हुन्छन् भन्ने हुँदैन । हामीहरु धेरैमा सही व्यक्ति नपाउने डर महसुस हुने गर्छ । हामीले डेट गर्दै गरेका व्यक्ति सही छ वा खराब छ भन्ने कौतुहलता भइनै रहन्छ। कहिलेकाही त के पनि हुन्छ भने धेरै पटक तपाइँ डेटिङमा गए पनि तपाईंले अर्काे साथिलाई चिन्न सक्नुहुन्न ।
कतिपय मान्छेहरु सम्बन्ध राम्रो हुनका लागी सही व्यक्ति रोज्ने गरिन्छ । त्यसैले यदि तपाईंलाई डेटमा जानु छ भने पहिलानै सही व्यक्ति तथा उसको हरेक कुराहरु राम्ररी बुझेर मात्र अगाडी बढ्नु उत्तम हुन्छ । कसैलाई मनपराउन जबरजस्ती पनि नगर्नुहोस् । कुनै पनि कुरालाई मन पराउन केही समय लाग्न सक्छ । त्यसैले हतार नगर्नुहोस्।










