मोरङको उर्लाबारी युवक मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
प्रहरीले धरानबाट १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
उर्लाबारी-५ का प्रवीणको गत पुस ५ मा शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो। प्रवीणको हत्या आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। त्यसमध्ये सुदीप परियार पक्राउ परेका हुन्।












