धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस लिएको ८ लाख रुपैयाँ बाटोमै फालेर फरार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
गाउँपालिका अध्यक्ष राउत गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा घुस लिएको ८ लाख रुपैयाँ लिएर जाने क्रममा अख्तियारको टोलीलाई देखेपछि रकम फालेर भागेको आयोगले जनाएको छ।
सवारी चालक र नगद नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।












