कस्तो पुरुषप्रति युवतीहरु आकर्षित हुन्छन् ?

आफूलाई राम्रो देखाउन तपाईंको हातको कुरा हो । यसका लागि तपाईंको धेरै मेहनत आवश्यक पर्दैन । तपाईं आफ्नो आलस्यता त्यागेर लुक्समा ध्यान दिनु जरुरी छ । आखिरी तपाईंको लुक्सले नै महिलालाई आकर्षित गर्ने हो ।

प्रेममा आर्कषण महत्वपुर्ण हुन्छ । आफूले मन पराएको मान्छेलाई आफूप्रती आर्कषित गर्ने सबैको चाहना हुन्छ । यस्तोमा मन पराएकि युवतीलाई कसरी आफूप्रती आर्कषित गर्ने धेरै युवामा दोधार रहने गरेको छ । तपाईं कुनै पनि युवतीलाई मन पराउनु हुन्छ भने पहिले आफ्नो व्यक्तित्वमा विशेष ख्याल दिनुहोस् ।

प्रायः युवतीहरु राम्रो व्यक्तित्व भएको पुरुषलाई मन पराउँछन् । तसर्थ तपाईंले आफ्नो पहिरन, बोली तथा व्यक्तित्वमा ध्यान दिनु पर्ने हुन्छ ।कुनै पनि युवतीलाई आफूप्रती आकर्षित गर्ने चाहाना भएमा पहिलो उनी तपाईंकालागी कति विशेष छन् त्यसमा ध्यान दिनुहोस् ।

सम्बन्ध जोडियो भने भोलीका अप्ठेरो परिस्थितीमा तपाईहरुको सम्बन्ध बिग्रदैन भने मात्र कसैलाई आफ्नो भाव दर्शाउनुहोस् । अन्यथा कसैको भावनामा खेलेर छाड्ने, धोका दिने वा निश्चित स्वार्थ पुरा गर्ने उदेश्य भए यो अवस्थामा तपाई ती युवतीको पछि नलाग्नुहोस् ।

कसैलाई आफूप्रती आर्कषित गर्ने अर्को महत्वपुर्ण कुरा हो स्मार्टनेस । कुनै पनि युवती केवल स्मार्ट युवकप्रती मात्र आर्कषित हुन्छन् । यसकालागी बौद्धिकता, व्यवहार र प्रस्तुती राम्रो बनाउन आवश्यक हुन्छ । स्मार्ट मानिसले जो कोहिलाई प्रभावित पार्न सक्छन् ।

कुनै युवतीलाई मन पराउनु हुन्छ भने लगातार उसको पछाडीमात्र नलाग्नुहोस् । उसलाई आफ्नो प्रेम दर्शाउन मायालाग्दो देखिने वा दुखी बन्ने काम भुलेर पनि नगर्नुहोस् । यसको सट्टा तपाईं आफ्नो जीवनशैली यति आर्कषित र लोभलाग्दो बनाउनुहोस् कि युवती स्वत: तपाईप्रति आकर्षित हुन सकुन् ।

[sidebar name="button post"]