ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक भाषण, नयाँ पार्टी नखोल्ने घोषणा

१७ फागुन, एजेन्सी। ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।

ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भनेको बीबीसीले जनाएको छ । उनले भनेका छन्, ‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं ।’

कार्यक्रममा उनले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनको पनि आलोचना गरे । बाइडन आएपछि ‘अमेरिका फर्स्ट’को नीति ‘अमेरिका लास्ट’मा पुगेको ट्रम्पले बताए ।

सीपीएसी कन्फ्रेन्स हरेक वर्ष हुने गर्दछ, जसमा अमेरिकाभरका रुढिवादी नेताहरुले भाग लिने गर्दछन् । फ्लोरिडामा आयोजित पछिल्लो कन्फ्रेन्सलाई टेक्सासबाट सिनेटर चुनिएका टेड क्रूज, ट्रम्पको छोरा ट्रम्प जुनियरले पनि सम्बोधन गरेका थिए ।

[sidebar name="button post"]