१६ फागुन, काठमाण्डौ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सर्वाेच्च अदालत पुगेका छन्। लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताएका छन् ।
त्यस्तै उनले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सम्बन्धमा केही दिन अघि प्रचण्डले दिएको अभिव्यक्तिले सर्वाेच्च अदालतको मानहानी भएको भन्दै उनीविरुद्ध मुद्धा दायर भएको थियो ।
गएको वुधबार यसबारे प्रारम्भिक सुनुवाई गर्दै न्यायधीश मनोजकुमार शर्माको इजलाशले प्रचण्डलाई एक साताभित्र आफैं उपस्थित भई प्रतिउत्तर फिराउन आदेश गरेको थियो । सोही मुद्धाको जवाफ फर्काउन प्रचण्ड आज सर्वाेच्च अदालत पुगेका हुन् ।











