Ad #144479

गुगल फेसबुकले अस्ट्रेलियन समाचार कम्पनीका सामग्रीहरू आफ्ना साइटमा प्रयोगबापत् अबदेखि पैसा तिर्नुपर्ने भएको छ।

मिडिया बार्गेनिङ कोडअर्थात्न्युज मिडिया एण्ड डिजिटल प्लेटफर्म म्यानडेटोरी बारगेनिङ कोडनाम दिइएको सो कानुन गत २५ फेब्रुअरीमा अस्ट्रेलियाको संसद्सिनेटबाट पारित भएको हो।

सो कानुनलाई लिएर अस्ट्रेलियन सरकार ठूला कम्पनीहरू बीच विवाद चलिरहेको थियो जसको फलस्वरुप फेसबुकले गत हफ्ता अस्ट्रेलियन न्युज कम्पनीका समाचार सामग्रीहरूलाई आफ्नो प्लेटफर्ममा शेयर गर्न निषेध गरेको थियो।

यो कानुन पारित भएसँगै अस्ट्रेलिया यस किसिमको कानुन बनाउने संसारको पहिलो राष्ट्र पनि बनेको छ।