१३ फागुन, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका हुन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो ।सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर्णय गरेको छ ।भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्री साँझमा शीतलनिवास आएको बताए ।
[sidebar name="button post"]









