११ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आज जन्मदिन मनाउनु भएको छ । प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुग्नु भएको छ जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाउनु भएको हो।
प्रधानमन्त्री ओलीलाई उहाँको बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिनु भएको थियो।
ओलीको जन्मदिनको कार्यक्रममा बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्तसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।
[sidebar name="button post"]











