Ad #144479

११ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा एक सय १० कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना भाइरसकाे सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएको छ । अहिलेसम्म काेराेना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ ।

हाल नेपालमा एक हजार पाँच सय ३३ जना आइसाेलेशनमा रहेका मन्त्रालयले जनाएकाे छ ।