९ फागुन,काठमाडौं । बलिउड नायिका करिना कपुर पुन आमा बनेकी छिन् । उनले आईतबार बिहान छोरालाई जन्म दिएकी छिन् ।भारतीय सञ्चार माध्यका अनुसार करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अहिले आमा र बच्चा दुबै स्वस्थ रहेका छन् ।
करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । उनीहरुको पहिलो सन्तानको रुपमा छोरा तैमुर खान रहेका छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पूर्ण रुपमा तयार देखिएका छन् । यसअघि करिना कपुर र सैफ अली खान नयाँ घरमा सरेका थिए ।
[sidebar name="button post"]









