९ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका युवा संघले साइबर सेना गठन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवा संघले पार्टीका सबै कमिटीमा साइबर सेना गठन गर्ने तयारी गरेको हो।
संघका अध्यक्ष बचनबहादुर सिंहले मुलुकको स्वाधीनता र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीका सबै कमिटीमा साइबर सेना बनाउने बताउनु भएको छ।
उहाँले यो कुरा शनिबार काठमाण्डौमा पत्रकार सम्मेलनमा भनेका थिए। युवा संघमा चैत मसान्तभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
साथै सरकारले गरेका लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन संघका नेता तथा कार्यकर्तालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो।
[sidebar name="button post"]









