८ फागुन, काठमाण्डौ। नायिका सुरक्षा पन्तको आज जन्मदिन परेको छ। उनको जन्मस्थान बुटवल हो। सुरक्षा पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन्।
धन पति, गोपी, घर जस्ता चलचित्रमा आफ्नो अभिनय कौशल देखाइसकेकी सुरक्षाको अर्को चलचित्र आमाबाट उनले वाहवाही पाउने क्रम भने अझै जारी छ । निकै कम चलचित्रमा छानेर मात्र अभिनय गर्ने र आफ्ना हरेक चलचित्रमा नयाँ पन दिने सुरक्षाले आमाको लागी आफ्नो कपाल नै मुन्डन गरेपछि उनको चर्चा थप चुलिएको थियो ।
इन्जिनियरिङकी विद्यार्थी सुरक्षा भिजे हुँदै अभिनय क्षेत्रमा आएकी हुन्। उनले चलचित्र ‘अझै पनि’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी हुन। उनलाई नेपाली फिल्म इन्डस्ट्रीमा अब्बल नायिकाको रूपमा चिनिन्छ।
[sidebar name="button post"]











