नेकपाको दाहाल-नेपाल समूहले आज ४ देखि ५ बजेसम्म टुँडिखेललाई मानव साङ्लोले घेर्दै

नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने छन् ।

यो समूहले बुधबार (५ फागुन) देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।

[sidebar name="button post"]