आज देशैभरि कांग्रेसको विरोधसभा

३ फागुन,  काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई बल पु¥याएको निश्कर्षका साथ आन्दोलनरत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशैभरि प्रदर्शन गरिरहेको छ ।

मुलुकका ७७ वटै जिल्लामा आयोजित विरोधसभामा केन्द्रीय तहका नेताहरु सहभागी भएका छन् । अहिले सबैतिर विरोधसभा सुरु भएको छ ।

यसैक्रममा अहिले राजधानीको वसन्तपुरमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता विरोधमा जुटेका छन् । हजारौंको संख्यामा उपस्थित जनसमुदायले ओलीको असंवैधानिक कदमको विरोध गरेका छन् ।  विरोधसभा जारी छ ।

[sidebar name="button post"]