३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए ।
तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गरेका हुन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् ।
नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।
प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ ।
[sidebar name="button post"]











