Ad #144479

३० माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठ र काङ्ग्रेसको काम र व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आबरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए ।

आज पार्टीको हेटौंडा -५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्बधर्म समभाब सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको बिचार ब्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतरा प्रती चिन्ता प्रकट गरे।

थापाले निर्बाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले बिकास र समृद्धिको सपनालाई २०६२र६३ पछिको परिबर्तनले सस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो।

कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नबराज बिष्ट, बालकृष्ण कार्कि, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।