खनाल उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा

३० माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा हुने भएको छ ।

नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि भारत पुगेका खनाललाई मेदान्त अस्पतालमा राखिएको दिल्लीस्थित नेपाली राजदूत निलम्बर आचार्यले जानकारी दिए । उनले अस्पतालमा पुगेर खनाललाई भेट गरेका छन् । खनाल श्रीमतीसहित आजै दिल्ली गएका थिए ।