Ad #144479

भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप

भारतीय तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन् गरिरहेको काम रोक्न खोज्दा तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो ।

आज नेपालमा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ।

बृहत् नागरिक आन्दोलनले निकाल्याे प्रतिकात्मक शव जुलुस

महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित शुक्रबार नागरिक आन्दोलनले वसन्तपुर दरबार स्क्वाएरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेको हो ।

किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तरिका सिकाइने

कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो ।

स्थानीय तहको निर्वाचनपछि पूर्वाधार निर्माणमा जोड

जिल्लामा स्थानीय तहको निर्वाचनपछि धेरै जनप्रतिनिधिले पूर्वाधार निर्माणमा जोड दिएका छन् । धेरै स्थानीय सरकारले ओझेलमा राख्दै गरेको खेलकूद क्षेत्रलाई बडीगाड गाउँपालिकाले भने प्राथमिकताका साथ अगाडि बढाएको छ । खेलकूद क्षेत्रको विकासका लागि बडीगाड गाउँपालिकाले गौरवको योजनाका रुपमा खेलकूद पूर्वाधार निर्माणलाई विशेष जोड दिएको छ ।

सात कामहरू : २५ वर्ष हुनु भन्दा पहीले छनोट गर्दा सफलता मिल्ने

पेशा छनौट गर्नु सबैको जीवनको महत्त्वपूर्ण चरण हो। यस छनोटले तपाईंको सम्पूर्ण भविष्यमा ठूलो प्रभाव पार्न सक्दछ, र यसको लागि विशेष दृष्टिकोण र गहन अनुसन्धान आवश्यक पर्दछ। जब तपाईं जवान हुनुहुन्छ, तपाईं बर्षैसम्म एउटा कोठामा सिमीत हुने जागिरमा पस्न चाहनुहुन्न, हैन? र अर्को तर्फ, राम्रो तलब पनि एक युवाका लागि कामको निर्धारण कारक हो।

अब आम सार्वसाधारणलाई पनि खोप दिइने

सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

प्रचण्ड–नेपालले भन्याे, सरकारविरुद्ध अन्तिम धक्काका लागि तयार रहनु

नेकपा ‘प्रचण्ड–नेपाल समूह’का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले तामाङ समुदायको सोनाम ल्होसार र शेर्पाहरुको ग्याल्बो ल्होसारको शुभकामना दिँदै सरकारको प्रतिगमन कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन आह्वान गरेका छन् ।

आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।

विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ ।

कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप निःशुल्क

जिल्ला कारागार खाँदबारीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप निःशुल्करुपमा लगाइएको छ ।खाँदबारी कारागारका १२० कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप गत शनिबार लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

माधवनारायणका व्रतालुद्धारा शेषनारायणमा मन्दिरमा पूजा आराधना

पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आज बिहान दक्षिणकालीस्थित शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन् । सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो ।

शनिबार र आइतबार उपत्यकाका विभिन्‍न ठाउँमा बत्ती जाने

नेपाल विद्युत प्राधिकरणले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्‍न ठाउँमा बत्ती जाने जनाएको छ । सार्वजनिक सूचना निकालेर प्राधिकरणले काठमाडौँको कोटेश्वर, शाँखु, कपन र गोठाटारका विभिन्‍न ठाउँमा शनिबार र आइतबार विद्युत आपूर्ति नहुने जनाएको हो ।

‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत’

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताउनुभएको छ । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उहाँले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको बताउनुभयो । पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको छ ।

बलात्कार तथा हत्या चाँडै पत्ता लाग्छ : प्रदेशका प्रहरी प्रमुख सुवेदी

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताउनुभएको छ ।

आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक बिदा

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

सन्दीप लामिछाने मात्रै लिलामीका लागि छनौट

आगामी सिजनको आइपिएल क्रिकेटका लागि नेपाली युवा खेलाडी सन्दीप लामिछाने मात्रै लिलामीका लागि छनौट भएका छन् । उनको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ ।

किन स्थगित भयाे नेपालले भाग लिने त्रिदेशिय क्रिकेट सिरिज ?

नेपालले भाग लिने भनिएको आईसीसी विश्व क्रिकेट लिग-२ अन्र्तगतको त्रिदेशिय क्रिकेट सिरिज स्थगित भएको छ । आउँदो मार्चमा नेपाल बाहेक ओमान र अमेरिका सहभागी हुने सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ ‘क्यान’ ले जनाएको छ ।

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिइने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोना भाइरस विरुद्धको खोप दिइने योजना घोषणा गर्नु भएको छ । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिनु भएको छ ।

चीनद्वारा बिबिसी टेलिभिजनको प्रसारणमाथि रोक

चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ । केही समयअघि चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण गरिएका रिपोर्टमा आपत्ति जनाएको थियो ।

आज मिति वि.सं.२०७७ साल माघ ३० गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

आजको तपाईंको राशिफल
आज मिति वि.सं. २०७७ साल माघ ३० गते । शुक्रबार । इ.स.२०२१ फेब्रुवरी १२ तारिक । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेटमा,सूर्यास्त १७ बजेर ५१ मिनेटमा । सोनाम ल्होसार ।