Ad #144479

३० माघ, काठमाडौं । आगामी सिजनको आइपिएल क्रिकेटका लागि नेपाली युवा खेलाडी सन्दीप लामिछाने मात्रै लिलामीका लागि छनौट भएका छन् । उनको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ ।

१८ फेब्रुअरीमा हुने लिलामीमा २९२ खेलाडीको अन्तिम सूची जारी गरिएको छ । सर्वाधिक २ करोड भारु बेस प्राइसमा दुई भारतीय हरभजन सिंह र केदार जाधवसहित ग्लेन म्याक्सवेल, स्टीभ स्मीथ, सकिब अल हसन, मोइन अली, साम बिलिङ, लियाम प्लंकेट, जेसन रोय र मार्क वुड रहेका छन् ।

अस्ट्रेलिया ब्याट्सम्यान शन मार्स, न्युजिल्याण्डका अलराउन्डर कोरी एन्डरसन र दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर मोर्ने मोर्कललाई फ्रेन्चाइजीको आग्रहमा लिलामीमा सहभागी गराइएको छ । आगामी सिजनका लागि ८ फ्रेन्चाइजीसँग ६१ स्लट खाली रहेका छन् । यसमध्ये २२ जना विदेशी खेलाडीले अवसर पाउनेछन् ।