Ad #144479

३० माघ, काठमाडौं । काठमाडौंमा आज शुक्रबार बलात्कारविरुद्ध मार्चपास गर्ने भएको छ । बृहत नागरिक आन्दोलनले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

लगातार बलात्कारका घटना भइरहेको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गरिने आन्दोलनका अगुवाहरुले बताएका छन् ।  एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौँ अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने भन्द बृहत नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन आग्रह गरेको छ।

‘हामी सडकबाट चुनौती दिन्छौँ एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौँ अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन।

यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौरु’ जारी अपिलमा उल्लेख छ। शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत नागरिक आन्दोलनले जनाएको छ।