Ad #144479

३० माघ, काठमाडौं । भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणबारे बुझ्न नेपाली कांग्रेसले नेता खटाएको छ ।  बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको हो ।

कांग्रेसका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पार्टीले जिल्लामा पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्ने कांग्रेसले जनाएको छ ।

घटना भएको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नुले परिवारजनले पिडामाथि पीडा थप्ने काम भएको कांग्रेसले बताएको छ । साथै अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।