२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै आफ्ना शुभचिन्तकहरुलाई धैर्य गर्न आग्रह गरेकी छन् ।
उनले सामाजिक संजालमा लेखेकी छिन्, “राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो। आफ्नो ठाउँमा डटौं”।
झाँक्रीलाई प्रहरीले मुलुकी अपराध संहिता २०७२ को दफा ५८ सम्बन्धी विषयमा अनुसन्धानका लागि आज बिहान पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
[sidebar name="button post"]











