२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पहिले सादा पोशाकमा प्रहरी पुगे पनि अहिले त्यहाँ दंगा प्रहरी पुगेका छन्। शंखमुलस्थित झाँक्रीको निवासअगाडि अहिले नेकपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। ‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’ लगायत नारा कार्यकर्ताले लगाइरहेका छन्। उनीहरूले प्रहरी दमन भएको भन्दैसमेत नाराबाजी गरिरहेका छन्।
झाँक्रीले एक साता अगाडि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी सम्बन्धी अभिव्यक्ति दिएकी थिइन्। उनले भनेकी थिइन्, राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।
मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो। झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो। झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।
बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्। मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्,बोल्न पाइन्छ











