Ad #144479

२९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य योगेश भट्टराईले राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न सुझाव दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएपछि उनले ट्वीटरमार्फत् यस्तो तर्क गरेका हुन्।

रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भएको बताए। व्यक्तिगत रूपमा रामकुमारीलाई थप परिपक्व बनाउने उनले बताएका छन्। प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता गर्न आग्रह गरेका छन्।

‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएका हरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए। राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगरु उनले लेखेका छन्, ब्यक्तिगत रूपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ। प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ।’