Ad #144479

२८ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग बयलगाडा बाहेक अरु चुनाव चिन्ह नरहेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध आफ्नो समूहले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगलाई धम्कीबाट नडराई सही निर्णय गर्न भन्दै यस्तो बताएका हुन् ।

उनले अहिले देशमा संविधानलाई मान्ने र मिच्नेहरुको लडाईँ चलिरहेको पनि बताए । त्यस्तै उनले माधव नेपाल र पुष्पकमल दाहालबीच फाटो ल्याउने कदम सफल नहुने पनि बताए । उनले पूर्वएमालेहरुलाई केपी ओली कहिल्यै एमाले नभएको पनि बताए ।